Tuesday, October 2, 2018

डिभी आज साँझबाट खुल्दै ,सजिलो छ आफै भर्नुहोस्

1 comment :

डिभी आज साँझबाट खुल्दै , भर्ने म्याद आगामी कार्तिक २० गतेसम्म


सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आज खुल्दैछ ।
नेपाली समयअनुसार बेलुकीबाट आवेदन खुला हुने काठमाडौस्थित अमेरिकी दूतावासले जनाएको छ ।दूतावासले डिभी चिठ्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने  प्रष्ट पारेको छ ।
डिभी चिठ्ठा भर्नका लागि आवश्यक्ता अनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै दुतावासले रकम तिरेर कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ ।
आफै डिभी भर्न चाहनेहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आवेदन भर्न सक्नेछन् । डिभी भर्ने म्याद आगामी कार्तिक २० गतेसम्मका लागि तोकिएको छ ।
© SANGHARSHA ADHIKARI

1 comment :