Tuesday, October 2, 2018
नेपाल VS म्यानमार
क्षेत्रीय छनोटको विजेता बन्दै दोस्रो चरण प्रवेश गर्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको नेपालले अाज म्यानमारविरुद्ध खेल्दै आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ यात्राकाे सुरुअात गर्दै छ।

नेपाल र म्यानमारबीचकाे खेल नेपाली समय अनुसार मध्याह्न सवा १२ बजेदेखि सुरु हुने छ । मलेसिया भ्रमणमा निस्कनुअघि कप्तान पारस खड्काले आफूहरू समूहविजेताकै हैसियतमा अघिल्लो चरण प्रवेश गर्ने बताएका थिए ।
प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन् । नेपालले भने दोस्रो खेल अक्टोबर ६ मा मलेसियासँग खेल्नेछ । त्यस्तै नेपालले अक्टोबर ७ मा थाइल्यान्ड, अक्टोबर ९ मा भुटान, अक्टोबर १० मा चीन र अक्टोबर १२ मा सिंगापुरसँग खेल्नेछ।
समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन् । युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन् । अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
टोलीमा भरपर्दा ब्याट्सम्यान शरद भेषावकर र ओपनर प्रदीप ऐरीको पुनरागमन टोलीका लागि फलदायी हुने प्रशिक्षक जगत टमाटाले बताए । प्रदीपले २०१५ पछि पहिलो पटक राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् भने नेदरल्यान्ड्स भ्रमणमा औंलामा चोट लागेपछि शरद् पनि मैदानबाहिर थिए ।
© SANGHARSHA ADHIKARI
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment