Tuesday, October 2, 2018

बलात्कारको आरोप लागेका रोनाल्डो परे समसयामा , प्रहरीले पुन: थाल्यो अनुसन्धान

1 comment :

बलात्कारको आरोप लागेका रोनाल्डो परे समसयामा , प्रहरीले पुन: थाल्यो अनुसन्धान

असोज १७ विश्वकै चर्चित फुटबलर रोनाल्डोमाथि लागेको बलात्कारको आरोपले यतिबेला चौतर्फी चर्चा कमाईरहेको छ । क्याथरोन मायोगाले २००९ मा रोनाल्डोले एक होटलमा आफूलाई बलात्कार गरेको दाबी गर्दे रोनाल्डोमाथि बलात्कारको आरोप लगाएकी हुन् । उता बलात्कारको आरोपका बीच रोनाल्डोले आफुहरुबीच सहमतीमा यौन सम्बन्ध कायम भएको बताउँदै आएका छन् ।
रोनाल्डोले पनि यसबारेमा कानुनी उपचार लिईरहेको बेला २००९ मा नै अनुसन्धान पुरा भएको यो केस पुन खोलिएको छ। लस भेगस प्रहरीका अनुसार यो मुद्दामा कोही संदिग्ध थिएन र २००९ मै अनुसन्धान पुरा भइसकेको थियो । ‘रिपोर्ट लिने बेला पीडितले घटना विवरण जानकारी गराएकी थिइनन्, प्रहरीले भनेको छ, २०१८ सेप्टेम्बरमा यो फाइल फेरि खोलिएको छ र हाम्रा अधिकारी प्राप्त सूचनालाई पछ्याइकेका छन् ।’
क्याथरिनले लस भेगास प्रहरीमा त्यसबेला नै उजरी पनि दिएकी थिइन् । तर, २०१० मा रोनाल्डोसँग ३ लाख ७५ हजार डलरमा यो विषयलाई बाहिर नल्याउने सहमति भयो ।उनका कानुनी सल्लाहकार अब यो सहमतिलाई अस्वीकार गर्ने बाटो खोजिरहेका समाचार जर्मन एक पत्रिकाले हालै मात्र छापेको छ । अब हेरौँ रोनाल्डोको यो मुद्धाले कुन रुप लिने हो ।
© SANGHARSHA ADHIKARI

1 comment :

  1. 1xbet korean betting bonus
    1xbet korean betting bonus 1xbet korean betting bonus. 1xbet korean betting bonus 1xbet korean betting bonus 1xbet korean betting bonus 1xbet korean скачать 1xbet betting bonus 1xbet korean betting bonus 1xbet

    ReplyDelete