Tuesday, October 2, 2018
डिभी आज साँझबाट खुल्दै ,सजिलो छ आफै भर्नुहोस्
डिभी आज साँझबाट खुल्दै , भर्ने म्याद आगामी कार्तिक २० गतेसम्म
नेपाली समयअनुसार बेलुकीबाट आवेदन खुला हुने काठमाडौस्थित अमेरिकी दूतावासले जनाएको छ ।दूतावासले डिभी चिठ्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने प्रष्ट पारेको छ ।
डिभी चिठ्ठा भर्नका लागि आवश्यक्ता अनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै दुतावासले रकम तिरेर कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ ।
आफै डिभी भर्न चाहनेहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आवेदन भर्न सक्नेछन् । डिभी भर्ने म्याद आगामी कार्तिक २० गतेसम्मका लागि तोकिएको छ ।
© SANGHARSHA ADHIKARI
© SANGHARSHA ADHIKARI
Subscribe to:
Post Comments
(
Atom
)

hoo ra
ReplyDelete