Tuesday, October 2, 2018
“निर्मला हत्यामा प्रहरीको त्रुटि भएकै हो, छिट्टै अपराधी सार्वजनिक गर्छौ”
“निर्मला हत्यामा प्रहरीको त्रुटि भएकै हो, छिट्टै अपराधी सार्वजनिक गर्छौ” : महानिरिक्षक खनाल
असोज १७- प्रहरी महानिरिक्षिक सर्र्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा प्रहरीको त्रुटि भएको स्विकार गरेका छन् । मंगलवार रिपोर्टर्स क्लब नेपाल सोलुखुम्बु शाखाले सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा महानिरिक्षक खनालले त्रुटि गर्ने प्रहरीलाई निलम्बन गरिएको र हदैसम्मको कार्वाही हुने बताए ।

नेपाल प्रहरीमा खराब ब्यक्तिलाई कुनै स्थान नदिईने भन्दै कार्वाही गरेर प्रहरीको छवि उच्च पार्ने उनले बताए । उच्च स्तरीय प्रविधिको अभावका कारण निर्मला प्रकरणको दोषी पत्ता लगाउन समस्या भएको भन्दै उनले छिट्टै अपराधीहरुको पहिचान गर्ने दाबी गरे । जनताको प्रहरी बनाउने आफ्नो मिसन रहेको उल्लेख गर्दै महानिरिक्षक खनालले बलात्कारका घटना न्युनिकरणमा सबैको हातेमालोको आवश्यक्ता औँल्याए ।
केही ब्यक्तिका कारण सिंगो संगठन बद्नाम भईरहेको भन्दै सुन काण्डका ठूला माछा खोज्ने अभियानमा रहेको महानिरिक्षक खनालले जानकारी दिए । लापरबाही गर्ने ठेक्केदारलाई तहलगाउने अभियान नरोकिएको भन्दै उहाँले निर्माण क्षेत्रको दादागिरी अन्त्य गर्ने उद्घोष गरे ।
खनालले देशमा गुण्डा राजको अन्त्य गर्ने उद्घोष गर्दै राजनैतिक संरक्षणमा हुने त्यस्ता गतिविधिको पनि अन्त्य गर्ने धारणा राखे । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नव निर्मित भवनको उद्घाटण गर्न सोलुखुम्बु आएका प्रहरी प्रमुख खनालले दशैँ तिहार र छठ पर्व जस्ता चाडबाडको लागि उच्च सुरक्षा सतर्कता अपनाएको बताए राजधानी दैनिकमा खबर छ ।
© SANGHARSHA ADHIKARI
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment