Wednesday, October 3, 2018

यसअघि म्यानमारमाथि नेपालले यसरी कीर्तिमान बनाएको थियो।

No comments :

यसअघि म्यानमारमाथि नेपालले

बलमा खेल जित्दै दुर्लभ 

कीर्तिमान बनाएको थियो।


यसअघि म्यानमारमाथि नेपालले २ बलमा खेल जित्दै दुर्लभ कीर्तिमान बनाएको थियो।
२००६ अगस्ट २० तारिकमा म्यानमारविरुद्धको खेलमा नेपालले विश्व रेकर्ड बनाएको थियो। पहिले ब्याटिङ गरेको म्यानमार १२।१ ओभरमा १० रनमै अलआउट भएको थियो। म्यानमारका कुनै पनि ब्याट्सम्यानले २ रन समेत जोड्न सकेका थिएनन्। नेपाली बलरसामूह निरिह बनेका म्यानमारका ५ ब्याट्सम्यान १ रनमा आउट भए। ६ ब्याट्सम्यान शून्य रनमै पेभेलियन फर्किएका थिए।
म्यानमारको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका मेहबुब आलामले ७ विकेट लिएका थिए। उनले ६।१ ओभर बलिङ गर्दा ३ रन मात्र खर्चिए। बाँकी ३ विकेट विनोद दासले हात पारे। दासले ६ ओभरमा ४ रन खर्चिएका थिए।बलिङमा सनसनी मच्चाएको नेपालले ११ रनको लक्ष्य केवल २ बल खेलेर पार गरेको थियो। २ बलमा लक्ष्य पार गर्दा विश्व रेकर्ड बनेको थियो।
खेलमा नेपालको ओपनिङमा महेश क्षेत्री र धिरेन्द्र चन्द थिए। दुवैले १–१ बलको सामाना गर्दा समान नटआउट ३–३ रन बनाएका थिए। बाँकी पाँच रन नेपालले वाइडबाट पाएको थियो।
 सन् २०२० मा अष्टेलियामा आयोजना हुने टि ट्वान्टी कपको लागि नेपालको यात्रा आजबाट सुरु भएको हो। उप–क्षेत्रिय छनोट खेल्दै विश्वकपको यात्रा सुर भएको हो।
प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया, चीन, थाइल्यान्ड, भुटान, सिंगापुर र म्यानमार छन्। यी सबै टोली एक अर्कासँग खेल्ने छन् । यसमा शीर्ष ३ मा पर्ने टोली एसियाली क्षेत्रिय छनोटको लागि छनोट हुने छन्।
जसमा पूर्वी र पश्चिम क्षेत्रबाट आएका शीर्ष तीन तीन टोली क्षेत्रिय छनोट प्रतियोगिता खेल्न पाउने छन् ।पूर्वी क्षेत्र अहिले नेपाल खेली रहेको हो भने पश्चिम क्षेत्रबाट युएई, कतार र कुवेत छनोट भई सकेका छन्। क्षेत्रिय छनोट प्रतियोगिताबाट विजेता र उप विजेता टोली ग्लोबल छनोट प्रतियोगिताको लागि टिकट पाउनेछन्।
ग्लोबल छनोट अर्थात विश्वकप छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ टोली रहने छन् ।यी १४ देश मध्य शीर्ष ६ मा स्थानमा बनाउने टोलीले अष्ट्रेलियामा टि ट्वान्टी विश्व कप खेल्न पाउनेछन्। विभिन्न चरण पार गर्दै ग्लोबल छनोटमा नेपाल शीर्ष ६ भित्र पर्न सके दोस्रो पटक टी-२० विश्वकपको लागि टिकट पाउने छ। नेपाल यस अघि पहिलो पटक २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्व कप खेलेको थियो ।
© SANGHARSHA ADHIKARI

No comments :

Post a Comment